सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा अन्यत्र उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनासम्बन्धी अभिलेख, लिखत तथा अन्य सामग्रीको अध्ययन तथा अवलोकनगर्ने,

त्यस्तो निकायमा रहेको अभिलेख, लिखत वा अन्य सामग्रीसम्बन्धी सूचना सूचिकृत गरी मिलाई राख्न आदेश दिने,

नागरिकको जानकारीको लागि सूचना सार्वजनिक गर्न सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने,

समय किटान गरी निवेदकले माग गरेको सूचना दिन सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने,

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिमको दायित्व पालना गर्न गराउन सम्बन्धित पक्षलाई आदेश दिने,

नेपाल सरकार तथा सूचना तथा सञ्चारसँग सम्बन्धित विभिन्न निकायहरूलाई सूचनाको हकको संरक्षण र सर्म्बर्द्धनका लागि आवश्यक सुझाव दिने वा सिफारिश गर्ने,

सूचनाको हकको संरक्षण, सर्म्बर्द्धन र प्रचलन गर्नको लागि आवश्यक पर्ने अन्य उपयुक्त आदेश दिने

 
  वार्षिक प्रतिवेदन २०६६-२०६७  
  वार्षिक प्रतिवेदन २०६५-२०६६  
  नेपालको अन्तरिम संविधान २०६३ नेपाली र अंग्रेजीमा
Interim Constitution in Nepali & English
 
  सूचनाको हक सम्बन्धी ऐन, २०६४  
  सूचनाको हक सम्बन्धी नियमावली २०६५  
  थाहा पाउने अधिकार ( पुस्तक)  
  RTI Act and Regulation in English  
  सूचनाको हक कार्यान्वयन निर्देसिका  
  सूचनाको हक किन?