राष्ट्रिय सूचना आयोग



सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने तथा सभामुख अध्यक्ष, सूचना तथा संचार मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका सभापति सदस्य भएको सिफारिस समितिले प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिको लागि सिफारिस गर्ने तथा नेपाल सरकारले प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको नियुक्ति गर्ने व्यवस्था छ ।

प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको हुन्छ । प्रमुख सूचना आयुक्त पुनः नियुक्त हुन सक्दैन ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त श्री विनयकुमार कसजूद्वारा सूचना आयुक्तहरू श्री श्रीआचार्य र श्रीमती सबिता भण्डारीलाई पदको शपथ ग्रहण गराउँदै ।

देहायका अवस्थामा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पद रिक्त भएको मानिन्छः- (क) निजको मृत्यु भएमा, (ख) निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा, (ग) निजले प्रधानमन्त्रीसमक्ष राजिनामा दिएमा, (घ) निजको पदावधि पूरा भएमा, (ङ) निज नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट दोषी ठहरिएमा, वा (च) निजलाई दफा १६ बमोजिम व्यवस्थापिका-संसदको सूचना तथा सञ्चारसँग सम्बन्धित समितिको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई सदस्य उपस्थित भई बसेको बै� कको दुई तिहाई बहुमतबाट कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको आधारमा पदमा रहिरहनु उपयुक्त छैन भनी निर्णय भएको प्रस्ताव व्यवस्थापिका-संसदको बैठकबाट पारित भएमा त्यस्तो प्रमुख सूचना आयुक्त वा सूचना आयुक्त पदबाट हट्नेछ ।

ऐनमा अन्यत्र उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुन्छः-
(क) सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना सम्बन्धी अभिलेख, लिखत तथा अन्य सामग्रीको अध्ययन तथा अवलोकन गर्ने, (ख) त्यस्तो निकायमा रहेको अभिलेख, लिखत वा अन्य सामग्रीसम्बन्धी सूचना सूचीकृत गरी मिलाई राख्न आदेश दिने, (ग) नागरिकको जानकारीको लागि सूचना सार्वजनिक गर्न सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने, (घ) समय किटान गरी निवेदकले माग गरेको सूचना दिन सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने, (ङ) यस ऐन बमोजिमको दायित्व पालना गर्न गराउन सम्बन्धित पक्षलाई आदेश दिने, (च) नेपाल सरकार तथा सूचना तथा सञ्चारसँग सम्बन्धित विभिन्न निकायहरुलाई सूचनाको हकको संरक्षण र सम्वर्द्धनका लागि आवश्यक सुझाव दिने वा सिफारिस गर्ने, (छ) सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नको लागि आवश्यक पर्ने अन्य उपयुक्त आदेश दिने ।

आयोगको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहन्छ र आयोगले आवश्यकताअनुसार नेपालका विभिन्न स्थानमा आफ्नो कार्यालय खोल्न सक्छ ।

आयोगको लागि आवश्यक खर्चको व्यवस्था नेपाल सरकारले गर्छ । आयोगले आफूलाई आवश्यक पर्ने वित्तीय श्रोत नेपाल सरकारको पूर्वस्वीकृति लिएर अन्य क्षेत्रबाट पनि प्राप्त गर्न सक्छ ।

सार्वजनिक निकायले आयोगको काम कारबाहीमा सहयोग गर्नु पर्छ ।

आयोगले नेपाल सरकारसँग सम्पर्क राख्दा सूचना तथा सञ्चार मन्त्रालय मार्फत् राख्नु पर्छ ।


राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरू

श्री विनयकुमार कसजू
प्रमुख सूचना आयुक्त

जन्म मिति र स्थानः १८ जुलाई, १९४७, तानसेन, पाल्पा
माताः श्रीमती तारालक्ष्मी कसजू
पिताः श्री मोतीकुमार कसजू
शिक्षाः शिक्षाः बी.ए. त्रिभुवन विश्वविद्यालय, काठमाडौँ

अनुभवः
सदस्यः उच्चस्तरीय मिडिया सुझाव आयोग (२०६३)
सल्लाहकारः प्रेस काउन्सिल नेपाल (२०५२ - २०५६)
सदस्यः राष्ट्रिय समाचार समितिको संचालक समिति (२०५५)
बोर्ड सदस्य तथा सल्लाहकारः इन्सेक ( - )
प्रधान सम्पादकः गाउँले देउराली साप्ताहिक, पाल्पा (२०५० - २०६५)
सम्पादक प्रकाशकः सत्य समाचार साप्ताहिक, पाल्पा (२०४० - २०५१)

कृतिः आमसंचार, पत्रकारिता, सामुदायिक संचार माध्यम, सूचना प्रविधि, लघुकथा, बालकथा आदि विधाका बीस पुस्तक लेखन, छ पुस्तक सम्पादन तथा दुई पुस्तक अनुवाद ।

यातना
सत्य समाचार साप्ताहिकबाट शिक्षक आन्दोलनलाई सघाएकोमा २०४२ जेष्ट ५ देखि जेष्� २८ सम्म पाल्पा र तौलिहवा जेलमा ।
सत्य समाचार साप्ताहिकमा राजतन्त्रविरोधी गीत छापेको अभियोगमा राजकाज मुद्दामा २०४२ असोज ६ गतेदेखि २० गतेसम्म प्रहरी हिरासतमा । ०४६ सालको जन आन्दोलन सफल भएपछि मुद्दा खारेज ।

सम्मान, पुरस्कार
मानवअधिकार, पत्रकारिता, सामुदायिक संचार तथा बालसाहित्यका क्षेत्रमा सेवाका लागि विभिन्न पुरस्कार तथा सम्मान । अशोका फेलो ।

ठेगानाः
साँचल, सानेपा, ललितपुर
फोन नम्बर ः ५५२२४६१ र ५५३१४०१
मोबाइल फोन ः ९८५१०६४७७७
इमेलः vinaya(at)wlink.com.np
वेबसाइटः
www.kasajoo.com, www.balsansar.com, www.cmr.org.np

श्री श्रीआचार्य
सूचना आयुक्त

जन्म मिति र स्थानः १२ अक्टोवर, १९५८, चुँदी रम्घा बेसी, भानु गाविस - ३, तनहुँ
माताः श्रीमती चन्द्रकला आचार्य
पिताः श्री शिवनाथ आचार्य
शिक्षाः एम.ए., त्रिभुवन विश्वविद्यालय, काठमाडौँ

अनुभवः
प्रवन्ध सम्पादक – अन्नपूर्ण पोष्ट दैनिक; प्रधान सम्पादक - गोरखापत्र दैनिक, स्पेस टाइम दैनिक, लोकपत्र दैनिक, अग्निपथ साप्ताहिक, देशान्तर साप्ताहिक, नेपाली आवाज साप्ताहिक; कार्यकारी सम्पादक – साप्ताहिक विमर्श; संवाददाता - जनआकांक्षा साप्ताहिक (सन् १९७९) बाट पत्रकारिता सुरू; स्तम्भ लेखन - देशान्तर, गोरखापत्र, युगवाणी ।

ठेगानाः
नयाँ बानेश्वर काठमाडौँ ।
फोनः ४४९१५७६, मोबाइल फोनः ९८५१०५२०५८
इमेलः
shreeacharya@hotmail.com


श्रीमती सबिता भण्डारी बराल
सूचना आयुक्त

जन्म मिति र स्थानः २० डिसेम्बर, १९६०, रौतहट
माताः श्रीमती शान्ता भण्डारी
पिताः श्री कृष्णप्रसाद भण्डारी
शिक्षाः कानुनमा स्नातक

अनुभवः
विभिन्न कानुनी सहायता, कानुनी साक्षरता र महिलालाई कानुनी सहयोग कार्यक्रमहरू संचालन।
अध्यक्षः पुनरावेदन आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ
कोषाध्यक्षः नेपाल बार एसोसिएसन, केन्द्रीय कार्य समिति (२०६३-२०६६)

ठेगानाः
पुतलीसडक, रामशाह पथ, काठमाडौँ - ३१
फोनः ४२२८७१० (र्फम), ४४६२३८० (निवास), मोबाइल फोनः ९८५१०४७०३१
इमेलः
sabitabhandarib@hotmail.com
पोष्ट बक्स नं. ११४५



सचिव


जानकारी

राष्ट्रिय सूचना अयोगका प्रमुख सूचना आयुक्तले सर्वोच्च अदालतका न्यायाधीश सहर तथा सूचना आयुक्तहरूले पुनरावेदन अदालतका मुख्य न्ययाधीश सरह पारिश्रमिक र सुविधा पाउने व्यवस्था छ ।

आयोगका प्रमुख तथा सूचना आयुक्तहरूको सम्पत्ती विवरण, आर्थिक एवं व्यावसायिक सम्वद्धता आदि कुरा भ्रष्टाचार निवारण ऐनअनुसार प्रधानमन्त्रीको तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाइएको छ ।

प्रमुख तथा अन्य आयुक्तहरू कुनै पनि राजनीतिक दल तथा दलअन्तर्गतका संग� नहरूको कुनै पनि पदमा पदीय जिम्मेवारीमा हुनुहुन्न । उहाँहरू कुनै पनि आमसंचार माध्यममा नियमित पारिश्रमिक पाउने पदमा हुनुहुन्न ।

अयोगका पदाधिकारीहरूको परिचय, काम र संलग्नता उहाँहरूको परिचयमा उल्लेख गरिएको छ । धन्यवाद ।

राष्ट्रिय सूचना आयोग

 
  वार्षिक प्रतिवेदन २०६६-२०६७  
  वार्षिक प्रतिवेदन २०६५-२०६६  
  नेपालको अन्तरिम संविधान २०६३ नेपाली र अंग्रेजीमा
Interim Constitution in Nepali & English
 
  सूचनाको हक सम्बन्धी ऐन, २०६४  
  सूचनाको हक सम्बन्धी नियमावली २०६५  
  थाहा पाउने अधिकार ( पुस्तक)  
  RTI Act and Regulation in English  
  सूचनाको हक कार्यान्वयन निर्देसिका  
  सूचनाको हक किन?